आज: २०८२ माघ ६, मंगलबार | Tue, 20, Jan, 2026

सहकारीको सेवा बिस्तारमा १ करोड १५ लाख घुस लिने पुर्व सहकारी रजिस्ट्रारको कार्यलयका प्रमख प्रकाउ

२०८० पौष १२, बिहिबार मा प्रकाशित ( २ साल अघि) १००७१ पटक पढिएको
नारी बाटिका


कुस्मा १२ पुस ।

सहकारी संस्थाको कार्यक्षेत्रको सेवा बिस्तार गर्ने कार्यमा १ करोड १५ लाख घुस लिने पुर्व सहकारी रजिस्ट्रारको कार्यलयका प्रमख उदयबहादुर पराजुली पक्राउ परेका छन् । पराजुलीले मुलुकमा संघीय ब्यवस्था हुनु भन्दा अगाडी सहकारी रजिस्ट्रारको कार्यलयको प्रमख भएको समयमा १ करोड १५ लाख घुस लिएको आरोपमा वुधबार प्रकाउ परेका हुन् ।

्र हाल उनी पर्वतको कुश्मा नगरपालिकाकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । विगतमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको प्रमुख हुँदा एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि पराजुली विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गर्दा पराजुलीले घुस खाएको प्रमाणको आधारमा बुधवार कुश्मा नगरपालिकाको कार्यकक्षबाटै पक्राउ गरी पोखरा पठाउने तयारी भएको पर्वतका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) अर्जुन पौडेलले संन्चार माध्यमलाई जानकारी दिनु भयो ।

पोखरा स्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सदस्यहरुले बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका थिए । उनिहरुको अनुसन्धानको क्रममा बिगतमा उक्त सहकारीको कार्यक्षेत्र विस्तार गर्दा रजिस्ट्रार पराजुलीलाई एक करोड १५ लाख रुपैयाँ घुस दिएको बताएका हुन् ।

यसैगरी उक्त सहकारीका संन्चालक समितीका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीहरू दुवै जना २६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका छन् । अधिकारी र पौडेलको बयानका आधारमा हाल कुश्मानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत पराजुलीलाई पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस