आज:  | Mon, 06, May, 2024

संखुवासभा जिल्ला कारागारका वरिष्ठ प्रहरी हवल्दार मृत फेला

१६ पुष २०८०, सोमबार १३:२६ मा प्रकाशित ( ४ महिना अघि) १६५ पाठक संख्या
नारी बाटिका


संखुवासभा -१६ पुस ।

खुवासभा जिल्ला कारागारका वरिष्ठ प्रहरी हवल्दार मृत फेला परेका छन् । संखुवासभाको जिल्ला कारागार खाँदबारीमा कार्यरत एक वरिष्ठ प्रहरी हवल्दार शोमबार मृत फेला परेका हुन्।

मृत्यु हुनेमा इलाम जिल्ला घर भई हाल खाँदबारी नगरपालिका –७ जिल्ला कारागारमा कार्यरत ४१ वर्षीय वरिष्ठ प्रहरी हवल्दार डीकबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय खुवासभाले जानकारी दिएको छ ।

गएराति २ बजे डिउटी सकेर सुतेका वरिष्ठ प्रहरी हवल्दार तामाङलाई बिहान ५ बजे अचेत अवस्थामा बेला परेपछि उपचारका लागि जिल्ला अपस्पताल पुर्‍याइएको खुवासभा जिल्ला प्रहरी कार्यलयले जनाएको ।

वरिष्ठ हवल्दार तामाङको जिल्ला अस्पताल भर्ना हुनु अघिनै मृत्यु भइसकेको जिल्ला अस्पतालले जनाएको थियो । पीडित परिवारले मृत्यु शङ्कास्पद भएको भन्दै घटनाको छानविन गर्न माग गरेका छन्। घटनाको निष्पक्ष छानविन नभए सम्म शव नबुझ्ने पीडित परिवारले अडान लिएका छन्।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। शव पोष्टमार्रटमाका लागि खुवासभा जिल्ला अपस्पतालमा राखिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस