
नारी बाटिका
काठमाडौँ ६ माघ ।
सपना भुलाई सारा आँसु लिएर जाऊ’ ” वरिष्ठ गायक तथा सङ्गीतकार योगेश वैद्यको सुक्रबार निधन भएको छ । गायक,सङ्गीतकार तथा गीतकार योगेश वैद्यको शुक्रबार बिहान ७७ वर्षको उमेरमा सुनधारास्थित काठमाडौँ न्यूरो जनरल अस्पताल गणबहालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।
उहाँलाई बिहीबार बेलुका अचानक ज्वरो र रुघाखोकीको समस्या देखिएपछि उक्त अस्पताल भर्ना गरिएको थियो । योगेश लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।
बरिष्ठ गायक तथा सङ्गीतकार योगेशको शवलाई सुक्रबारै अस्पतालबाट पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।योगेशको परिवारमा श्रीमती, एक छोरा र दुई छोरी छन् ।
उहाँले गाउनु भएको किरण खरेलको शब्द र नातिकाजीको सङ्गीतमा पहिलो गीत ‘कति प्यासी छ जिन्दगी।’ रेकर्ड गराएपछि उहाँ साङ्गीतिक क्षेत्रमा चर्चामा आउनु भएको थियो । त्यसपछि उहाँले एउटा नेवारी गीत जीवन जिगु‘ पनि गाउनु भएको छ ।
सपना भुलाई सारा’ योगेशले २०४४ सालमा गाएको गीत ‘ नेपाली गीत सङ्गीतमा कालजयी गीत मानिन्छ ।उहाँ नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र सङ्गीतकार हुनुहुन्थ्यो । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाऊ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लगायतका थुप्रै गीत आजपनि उत्तिकै लोकप्रिय छन् ।
उहाँले त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर गर्नु भएको छ । तीन दशकभन्दा बढी समय सहसचिवस्तरको प्राविधिक सरकारी सेवामा बिताउनु भएको थियो ।








प्रतिक्रिया दिनुहोस