आज:  | Sat, 04, May, 2024

आजबाट नवौ धादिङ महोत्सव शुरु हुँदै,महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्कट्टेलले गर्ने

१० माघ २०८०, बुधबार ०७:४६ मा प्रकाशित ( ३ महिना अघि) ३७१ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

धादिङ १० माघ ।

आजबाट नवौ धादिङ महोत्सव जिल्लाको गलौंदी बजारमा शुरु हुँदैछ । धादिङ उद्योग बाणिज्य संघको आयोजनामा माघ १० गते देखि २१ गतेसम्म महोत्सव संन्चालन हुने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्कट्टेल द्धारा गर्नु हुने भएको छ ।

धादिङ गजुरी गाउँपालिकाको गलौँदी स्थित त्रिशुली किनारमा हुने महोत्सवको उद्धघाटन मुख्यमन्त्री जम्मकटेलले गर्नु हुनेछ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मुल नारा सहित सुरु हुने महोत्ससमा आज गजुरी बजारबाट बाजागाजा सहित विभिन्न जा जातिय पहिचान भेषभूषा झल्कने गरी ¥याली निकालिने तयारी समेत गरिएको छ ।

स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यले आयोजना गरिएको महोत्वसमा २ सय ४० वटा स्टल रहेका छन् । महोत्सवको मुख्य आकर्षण पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक र पर्यटन क्षेत्रको प्रवर्द्वनमा टेवा पु¥याउने उदेश्य रहेको धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु प्रशाद थपलियाले बताउनु भयो ।

आजबाट ११ दिनसम्म संन्चालन हुने धादिङ महोत्सवमा भएको व्यापार आदीको आम्दानीबाट संघको संस्थागत विकाससँगै व्यवसायिक पुस्तकालय सहितको व्यवसायिक सुचना केन्द्र र सुविधा सम्पन्न सभाहल निर्माण गर्ने लक्ष्य राखिएकोे अध्यक्ष थपलियाले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%४%

प्रतिक्रिया दिनुहोस