आज:  | Mon, 20, May, 2024

आज राष्ट्रिय सभा सदस्य निर्वाचन बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुंदै

११ माघ २०८०, बिहीबार ०८:३८ मा प्रकाशित ( ३ महिना अघि) १९० पाठक संख्या
नारी बाटिका


काठमाडौं ११ माघ ।

आज राष्ट्रिय सभा सदस्य निर्वाचनको दिन हो । निर्बाचन बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुंदछै । निर्बानको कार्यतालिका अनुसार मतदान अहिले बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने तय गरिएको हो ।

आगमी फागुन २० गतेदेखि रिक्त हुन लागेका २० सिटका पदमध्ये १९ पदका लागी निर्वाचन हुन लागेको हो। निर्बाचनका लागि आठ दलका ५१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

सत्ताधारी गठबन्धन दलबाट नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीले एक उम्मेदवार उठाएका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, नेपाल मजदुर किसान पार्टीले चार र जनमत पार्टीले दुई उम्मेदवार उठाएका छन्।

आज हुने राष्ट्रिय सभा सदस्य चुन्ने अधिकार प्रदेश सभाका सदस्यहरु, नगरपालिकाका प्रमुख–उपप्रमुख, र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता हुनेछन्। निर्वाचन आयोगका अनुसार देशभर दुई हजार ४७ मतदाता रहेका छन्।

प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना गरिनेछ। पर्ण मत खसेको अबस्थामा दुई हजार ४७ मतदाताको कुल मतभार ५७ हजार ५५९ हुनेछ।

निर्वाचनका लागि सातै प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र स्थापना गरिएको छ। मतदान सकिएपछि गणना कार्य सुरु गरिने र आजै बेलुकी नै परिणाम सार्वजनिक हुने आयोगले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%

प्रतिक्रिया दिनुहोस