आज:  | Sat, 04, May, 2024

नेपालगन्जको महोत्सवमा जाँदै गरेकी गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा

१५ माघ २०८०, सोमबार ११:४५ मा प्रकाशित ( ३ महिना अघि) २४५ पाठक संख्या
नारी बाटिका


आईतबार साँझ नेपालगन्ज लमहीको महोत्सवमा जाँदै गरेकी गायिका रचना रिमाल सवार रहेको गाडी दुर्घटनामा परेको छ । नेपालगन्जको राँझा विमानस्थलबाट दाङ लमहीको महोत्सवकोे स्टेजमा गित गाउँनको लागी जाँदै गर्दा बाँकेको सिक्टा नजिकै बा प्र ०३, ०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार रहेको गाडीलाई ठक्कर दिएको हो ।

गायिका रिमाल सवार रहेको गाडी नं. ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई उक्त ट्रकले ठक्कर दिएको थियो। आइतबार साँझ पौने ५ बजे पूर्वबाट पश्चिमतर्फ गैरहेको ट्रकले ठक्कर दिएको हो ।

उब्m दुर्घटनाबाट गायिका रिमाल सामान्य घाईते भएको उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्। दुर्घटनाका कारण उनी आइतबार हुने सांगितिक कार्यक्रमा उपस्थित हुन सकिनन्। हिजो हुने कार्यक्रममा आज उपस्थित हुने बचन दिएकी छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस