आज: २०८३ कार्तिक २९, शनिबार | Sat, 14, Nov, 2026

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने

२०८३ कार्तिक २९, शनिबार मा प्रकाशित ( २ मिनेट अघि) ९४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२८ कात्तिक ।

हाल देशभरमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले आज हिमाली र पहाडी भुभागमा आंशिक बादल लागेको मौसमपुर्वानुमा महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लाग्ने तथा बाँकी हिमाली र पहाडी भेगमा आंशिक बादल रहने पुर्वानुमान गरेको छ ।

यस्तै,मधेस प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी,आज राति पनि हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने तथा तराईसहित उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु लाग्ने महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑