आज:  | Sat, 27, Jul, 2024

प्रहरी सङ्गठन ‘इन्टरपोल’ले अमला रोकाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी

२४ माघ २०८०, बुधबार १९:१९ मा प्रकाशित ( ५ महिना अघि) ३८४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २४ माघ ।

६० किलो सुन तस्करी प्रकरणमा अमला रोकाविरुद्ध ‘इन्टरपोल’ले इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी गरेको छ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोका विरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।

हङकङबाट काठमाडौँ तर्फ ल्याउँदै गर्दा केही महिना पहिले बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन तस्करीमा संलग्न पुष्टी भएकी अमला विरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनु भयो ।

अनुसन्धानबाट घटना पुष्टी भईसकेपछी डिफ्युजन नोटिस जारी गरे अनुसार इन्टरपोलमा आबद्ध रहेका देशले आफ्नो देशमा सम्बन्धित व्यक्ति भए वा नभएको खोजी कार्य सक्रिय रहन्छन् । सम्बन्धित देशले आफ्नो देशमा सो व्यक्ति रहेको पत्ता लगाई निजलाई पक्रिएर नेपाल पठाउने प्रक्रिया सुरु गर्छन् ।

उहाँले भन्नुभयो, “नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौँले गरेको सिफारिसका आधारमा सुन तस्करीमा संलग्न रोकाविरुद्ध फेब्रुअरी ५ मा डिफ्युजन नोटिस जारी भएको हो ।”

अमला रोक्का तिब्बतीयन मूलका बेल्जियम नागरिक दावा छिरिङकी पत्नी भएको र पतिकै कारण उनी सुन तस्करीमा जोडिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को अनुसन्धानबाट निष्कर्ष निकालेको छ । प्रहरीका अनुसार काठमाडौँको ठमेलस्थित होटेल भियना अमलाको नाममा दर्ता रहेको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%१%१%

प्रतिक्रिया दिनुहोस