
नारी बाटिका
धादिङ,२६ माघ ।
विगतमा जस्तै यस चालु वर्षमा पनि धादिङमा दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान संचालन हुने भएको छ । दुइ चरणमा संचालन हुने यस खोप अभियानमा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुबेला रोग विरुद्धको खोप लगाईने स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
आज जिल्लास्तरीय खोप समन्वय समितिका अध्यक्ष एवं् जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीेको अध्यक्षतामा बसेको बैठकले दुई चरणमा खोप अभियान संचालन गरिने भएको स्वास्थ्य कार्यालय धादिङका सुचना अधिकारीले बताएका छन्।
फागुन १३ गतेदेखि १९ गतेसम्म पहिलो चरणको खोप अभियान संन्चालन हुने र दोस्रो चरणको अभियान फागनु २१ गतेदेखि २७ गतेसम्म संचालन गरिने स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
कार्यलयको अनुसार पहिलो चरणको खोप अभियान धुनिबेसी नगरपालिका, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे गाउँपालिकामा संन्चालन हुनेछ भने दोस्रो चरणमा निलकण्ठ नगरपालिका ज्वालामुखी, सिद्धलेक र नेत्रावती डबजोङ गाउँपालिकामा संचालन हुने जनाईएको छ ।
साथै यस अभियानमा नियमित खोप लगाएका वा छुटेका बालबालिकालाई समेत खोप लगाइने स्वास्थ्य कायलयले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस