आज: २०८३ आश्विन २७, मंगलबार | Tue, 13, Oct, 2026

स्वर्णिम वाग्ले रास्वपाको उपसभापतिमा निर्विरोध निर्वाचित

२०८३ अषाढ १२, शुक्रबार मा प्रकाशित ( ३ महिना अघि) ४८३७ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका डट्कम
धादिङ -१२ असार ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।

रास्वपाको जारी महाधिवेशनले पुरूषतर्फ उपसभापति पदका लागि विराजभक्त श्रेष्ठले दिएको उम्मेदवारी फिर्ता गरेसंगै वाग्ले निर्विरोध निर्वाचित भएका हुन्। श्रेष्ठले आफुले उम्मेदवारी फिर्ता लिएर स्वयं वाग्लेको प्रस्तावक बसेका हुन्।

रास्वपाको विधान अनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह महामन्त्रीका लागि चुनाव हुने व्यवस्था गरेको छ।

सभापतिमा भने रवि लामिछाने यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस


↑