आज:  | Thu, 02, May, 2024

पोखरामा पसल तथा होटलबाट रक्सी,चुरोट लगायत चोरी गर्ने एक पेशेवर चोर पक्राउ

२९ माघ २०८०, सोमबार ०८:४० मा प्रकाशित ( २ महिना अघि) ४४५ पाठक संख्या
नारी बाटिका


काठमाडौं २९ माघ ।

पोखरामा पसल तथा होटलबाट रक्सी,चुरोट लगायतका सामानहरु चोरी गर्दै हिड्ने एकजना पेशेवर चोरलाई प्रहरीले पक्राउ गरेको छ । निज चोरलाई प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न ६ स्थानबाट साढे दुई लाख भन्दा बढीका सामग्रीहरू चोरी कार्यमा लागेका एक जना पेशेवर चोरलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारीका अनुसार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखराको लेकसाइड स्थित विभिन्न ६ वटा पसलहरूमा फरक फरक मिति र समयमा चोरेका युवकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पोखरा महानगपालिका–१४ बस्ने २१ वर्षीय दीपेश परियार रहेको जनाएको छ। निज युवालाई गत माघ १९ गते पक्राउ गरिएको हो।

स्थानीयबाट चोरी भएको भन्ने खबर पाएपछि युवाको हुलियाको आधारमा खोजी भइरहेकोमा घटनाको अनुसन्धानका लागी खटिएको प्रहरी टोलीले परियारलाई आफ्नै घरको कोठामा लुकीछिपी बसिरहेको अवस्थामा चोरी गरेका सामान सहित पक्राउ गरेको हो।

कास्की प्रहरीका अनुसार परियारले माघ १३ गते पोखरा महानगरपालिका–५ जिरो किलोमिटरमा प्रतीक गुरुङको कपी बक्स क्याफेबाट नगद १५ हजार, १२ हजार एक सय रुपैयाँ बराबरको चुरोट, २० हजार रुपैयाँ बराबरको एक थान ट्याब्लेट, ४२ हजार रुपैयाँ बराबरका १२ थान जिप्पो लाइटर गरी कुल ८९ हजार एक सय रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए।

त्यसैगरी माघेसक्रान्ती दिन पोखरा महानगरपालिका–६ लेकसाइडमा सुरेश भण्डारीको सोल ओरिजिन क्याफेबाट नगद १० हजार सहित वाइन, चुरोट, दुई थान ट्याब्लेट गरी कुल ८७ हजार पाँच सय २५ रुपैयाँ बराबरको चोरी पनि उनैले गरेका थिए।

यस्तै माघ १३ गते पोखरा महानगरपालिका–६ सेन्टर प्वाइन्टमा रहेको रेष्ट्रो लज बारबाट नगद ३५ हजार सहित चुरोट गरी ३५ हजार नौ सय ६० रुपैयाँ बराबरको धनमाल चोरी गरेको । त्यस्तै माघ १६ गते पोखरा महानगरपालिका–६ लेकसाइडमा विनोद मल्लको एलिज क्याफेबाट नगद दुई हजार रुपैयाँ सहित करिब १० हजार मूल्य पर्ने एक थान गितार र चुरोट गरी १२ हजार छ सय ६० रुपैयाँ बराबरको चोरी गरेका ।

साथै सोही ै दिन नै लेकसाइडमा केशव नेपालीको स्वप्निल दरबार खाजा घरबाट नगद दुई हजार सहित करिब सात हजार रुपैयाँ पर्ने रेड लेबल र करिब नौ हजार रुपैयाँ पर्ने ब्ल्याक लेबल रक्सी, करिब दुई हजार पाँच सय रुपैयाँ पर्ने सिग्नेचर रक्सी, चार हजार पाँच सय रुपैयाँ पर्ने ओल्ड दरबार रक्सी लगायत गरी कुल २७ हजार दुई ८० रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले बताएको छ।

त्यसैगरी माघ १६ मा लेकसाइडमा रहेको टोनिक लज एन्ड बारबाट नगद १३ हजार रुपैयाँ सहित चुरोट लगायत कुल १९ हजार एक सय ६० रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाई छ। परियारले छ वटै पसल तथा होटलबाट चोरी गरेको बयानको क्रममा स्वीकार गरेका छन् ।पक्राउ परेका पेसेवर चोर परियारलाई डाँका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको पनि कास्की प्रहरीले बताएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस