आज:  | Thu, 02, May, 2024

सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरण्माा प्रमोद भट्टराई पुर्पक्षका लागि जेल चलान

१ फाल्गुन २०८०, मंगलवार १६:४७ मा प्रकाशित ( २ महिना अघि) ३०८ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ०१ फागुन ।

सूर्यदर्शन सहकारीका सञ्चालक सदस्य प्रमोद भट्टराईलाई सहकारीको रकम हिनामिना प्रकरणमा जेल चलान भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको एकल इजलाशले भट्टराईलाई सोमबार पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

सुनसरी जिल्ला, इनरुवा नगरपालिका ५ घर भएका भट्टराईलाई काठमाडौं प्रहरीको सहयोगमा बिहीबार पक्राउ गरिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समन्वयमा गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ परेका भट्टराईलाई शुक्रबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो ।

भट्टराई लगायत सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ पर्नेको संख्या ५ पुगेको छ । सोही सहकारीबाट यसअघि पनि उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक समितिका सदस्य द्वय शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’, भविश्वर अर्याल पक्राउ परिसकेका छन् । हाल उनीहरू पनि पुर्पक्षका लागि जेलमै छन् ।

यसैगरी उक्त सहकारीबाट रकम ठगी गरेको प्रकरणमा प्रहरीले सहकारी ठगीको लिस्टमा निकै चर्चामा आएको नाम जीवी राई सहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तर अझैपनि राई सहित १४ जना व्यक्तिहरु फरार भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस