आज: २०८२ आश्विन २८, मंगलबार | Tue, 14, Oct, 2025

बैंकका कर्मचारीले नै खातावालाको रमक एक करोड भन्दा बडी हिनामिना,गरेपछी बचतकर्ताहरु आन्दोलमा

२०८० फागुन ३, बिहिबार मा प्रकाशित ( १ साल अघि) ४७४० पटक पढिएको
नारी बाटिका


गोतामकोट ०३ फागुन ।

प्रभु बैंकमा कार्यरत कर्मचारी निरज बिक्रम शाहले खातावालाको रकम हिनामिना गरेको पाइएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा कार्यरत कर्मचारी शाहले एक करोड ३१ लाख २५ हजार रुपैयाँ ठगी आरोपमा मुद्धा दायर भएको हो । आठविसकोट नगरपालिकाको राडी बजारमा संन्चालित प्रभु बैंककमा अप्रेशन इन्चार्जको रुपमा कार्यरत निरज बिक्रम शाहले एक करोड ३१ लाख २५ हजार रुपैयाँ हिनामिना गरेको पुष्टी भएपछि उनी बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको हो ।

आठविसकोट नगरपालिकाको राडी बजारमा संन्चालित प्रभु बैंककमा सो क्षेत्रका सेवाग्राही बचतकर्ताले बैंकमा आफ्नो खातामा जम्मा गरेको रकम नभेटिएको भनेर गुनासो गरेपछि बैंकले केही दिन पहिले आन्तरिक छानविन सुरु गरेको थियो । छानविनका क्रममा सम्बन्धित खातावालाले आफुले खाताबाट पैसा ननिकाले तर उनीहरुले बैंकमा जम्मा गरेको खातामा रकम नभेटिएपछि छानाबिन गरिएको थियो ।

आन्त्रिक छानविन गर्दा उक्त खाताको रकम सोही बैंकमै कार्यरत निरज बिक्रम शाहले हिनामिना गरेको पुष्टी भएसंगै शाहविरुद्ध कर्णाली प्रदेश प्रभु बैंकको कार्यालयले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा मुद्दा दर्ता गरेको हो ।

रुकुम पश्चिम प्रहरी कार्यलयका अनुसार उक्त बैंकमा खोलिएका खातावालाहरुको रकम अनाधिकृत रुपमा निकाल्ने, जम्मा गर्ने, अरुलाई ट्रान्सफर गर्ने गरेको शाहलाई आरोप लागेको छ । प्रभु बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा आएको टोलीले घटनाको प्रारम्भिक छानविन गरेर आरोपी कर्मचारी शाहविरुद्ध मुद्दा दर्ता गरेको हो ।

रकम हिनामिनाको आरोपित शाह अहिले सम्म सम्पर्क विहिन भई फरार रहेको बैंकले बताएको छ । बैंकका शाखा प्रमुख डम्बर गौतम विदामा बसेको मौका छोपेर उनी फरार भएको जनाइएको छ । शाहविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता भएको बैंकले जनाएको छ ।

बैंक शाखाका सबै कर्मचारीहरुलाई जिम्मेवारी विहिन बनाएर बैंकमा कारोबार भइरहेको बताइएको छ भने बैंकका कर्मचारीले नै खातावालाको एक करोड ३१ लाख २५ हजार रुपैयाँ हिनामिना,गरेपछी बचतकर्ताहरु आन्दोलमा उत्रिएका हुन्। ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस