आज:  | Sun, 19, May, 2024

कपिलवस्तुको शिवराजस्थितमा बस दुर्घटना हुंदा १० जनाको मृत्यु, ३० घाइते

३ फाल्गुन २०८०, बिहीबार ०७:५८ मा प्रकाशित ( ३ महिना अघि) २९४ पाठक संख्या
नारी बाटिका


कपिलवस्तु ०३ फागुन ।

महेन्द्रनगरबाट काठमाडौ तर्फ जादै गरेको यात्रुवाहक बस कपिलवस्तुको शिवराज नगरपालिका–१ मा दुर्घटना हुंदा १० जनाको मृत्यु, भएको छ । साथै उक्त दर्घटनामा परी ३० जना घाइते भएका छन् भने १० जनाको अबस्था गम्भिर रहेको जनाइएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो । कम्तीमा ३० जना घाइते भएका छन् । मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

पौडेलका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं तर्फ आउँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस गएराती बाटोबाट करिब २०० मिटर तल खसि दुर्घटनामा परेको हो।

दुर्घटनाका घाइते मध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर लगिएको छ। अन्य घाइतेको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। साथै घाईतेहरुको पछिल्लो अबस्थाबारे थप बिबरण आउन बाँकी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस