आज:  | Sat, 27, Apr, 2024

पार्टीको महासमिति बैठकले थप सबल, सुदृढ र एकताबद्ध बनाउने ” सभापति देउवा

७ फाल्गुन २०८०, सोमबार १९:३५ मा प्रकाशित ( २ महिना अघि) २७९ पाठक संख्या
नारी बाटिका


काठमाडौं – ७ फागुन ।

आजदेखी सुरु भएको नेपाली काँग्रेसको महासमिति बैठकले पार्टीलाई थप सबल, सुदृढ र एकताबद्ध बनाउने सभापति देउवाले बताउनु भएको छ । ललितपुरमा भएको महासमिति बैठकको उद्धघाटन कार्यक्रमलाई संवोधन गर्नु हुदै पार्टी सभापति देउवाले यस बैठकले काँग्रेसलाई थप सबल, सुदृढ र एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गर्नु भएको हो।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा पार्टीको शोमबारदेखि भएको महासमिति बैठकमा उहाँले यस महासमिति बैठकलाई देश र विदेशले समेत विशेष चासोका साथ हेरेको उल्लेख गर्नु हुदै बैठकले कांग्रेसलाई थप, सबल, सुदृढ र एकताबद्ध बनाएर लैजाने बताउनु भयो।

उहाँले संवोधनका क्रममा पार्टीमा निरन्तर क्रियाशील रही लोकतन्त्र स्थापना, पुनःस्थापना र रक्षाका लागि जेलनेल, निर्वासन, सर्वश्वहरण लगायतका दुःखकष्ट सहेर पार्टीलाई सुदृढ बनाउन प्रयत्नशील रहेका सबै नेता तथा कार्यकर्ताको उच्च सम्मान गर्नु भएको छ ।

केही समयअघि पार्टीको सम्पन्न भएको १४औँ महाधिवेशनमा समय अभावका कारण नीतिगत विषयमा दस्तावेज प्रस्तुत गरी छलफल गर्न नपाइएको भन्दै यस महासमिति बैठकले पार्टीका नीतिगत विषयमा छलफल गरी बैठकमा प्राप्त सुझावलाई समेटेर दस्तावेज तयार गर्ने बताउनु भयो ।

यस्तै सभापती देउवाले संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको भन्दै यो शासकीयस्वरुप नेपाली कांग्रेसको मान्यता अनुकुल रहेको स्पष्ट पार्नु भएको छ । साथै संविधानको रक्षा र सार्थक कार्यान्वयन गर्नु पार्टी मुख्य एजेण्डा रहेको बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस