आज: २०८२ मंसिर १९, शुक्रबार | Fri, 05, Dec, 2025

काठमाडौँको सीतापाइलामा एकै परिवारका ३ जना मृत फेला र पोष्टमार्टमका लागि शव लगियो

२०८० फागुन ९, बुधबार मा प्रकाशित ( १ साल अघि) ३४०२ पटक पढिएको
नारी बाटिका


काठमाडौं ९ फागुन ।

काठमाडौँको सीतापाइलामा एकै परिवारका ३ जना मृत फेला परेका छन्। वुधबार काठमाडौंको सीतापाइलास्थित एकै परिवारका ३ जना मृत अबस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार एउटै परिवारका ३ जनाको शव फेला परेको हो।

घटनास्थलमा ३८ वर्षीया महिला, ८ वर्ष र साढे दुई वर्षका बच्चा मृत भेटिएको प्रहरीको भनाइ छ।

उक्त घटना स्थलमा प्रहरी वृत्त स्वयम्भुको टोली खटिइ गइशव उठाएर पोष्टमार्टमका लागि लगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस