आज:  | Mon, 20, May, 2024

निर्वाचनमा अन्य दलसंग गठवन्धन गर्ने नगर्ने सवाल,कांग्रेस महासमिति बैठकमा टुंगिएन

१० फाल्गुन २०८०, बिहीबार ०७:५८ मा प्रकाशित ( २ महिना अघि) ३०५ पाठक संख्या
नारी बाटिका


काठमाडौं १० फागुन ।

निर्वाचनका समयमा अन्य दलसंगको गठवन्धनमा जाने वा कांग्रेस एक्लै निर्वाचन लड्ने भन्ने विषयमा नेपाली काँग्रेसको यस महासमिति बैठकमा टुंगो लागेको छैन ।

विगत ४ दिनदेखी ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकमा जिल्ला पार्टी सभापतीहरुको फरक फरक मत आएपछी यस विषयले छलफलका मुद्धा बनेता पनि टंगो लगाउन नसकेको हो ।

त्यसो त यस पटकको बैठकमा नेपाललाई हिन्दुराष्ट्र कायम गरी हिन्दु (धर्म)लाई काँग्रेसले प्रमुख धर्मका रुपमा लिनु पर्ने र नेपालमा बसोबास गर्ने विभिन्न जातजातीका रितिरिवाज र धर्मलाई पनि विभेद नगरी सम्मानका साथ लैजानु पर्ने विषय पनि नउठेका हैनन् ।

तर यस सवालमा पनि पार्टीको गुट उपगुट भनेर चिनिएका जिल्लादेखी केन्द्रीय तहका केही नेताहरु मात्रै चासो राखेका कारण निर्णय नभएको देखिएको छ । 

शोमबार देखी सुरु भएको पार्टीको महासमिति बैठक आज बिहीबार समापन हुँदैछ। छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि बैठक समापन हुन लागेको हो।

महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरूले पदाधिकारी सहितको उपस्थितिमा हुने बैठकमा प्रस्तुत गर्ने कार्यसुचि रहेको छ ।

पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्मा अनुसार यसपछि अपराह्न समापन समारोह गर्ने जानकारी दिनु भयो । बैठकको दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव प्रस्तुत गर्नु भयो ।

महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। हिजो पाँच प्रतिवेदनमा समूहगत रूपमा छलफल भएको थियो।

बन्दसत्रको शुरुमा नै सबै जिल्लाका जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्था, जनसम्पर्क समितिका प्रमुखले बैठकमा पेश भएका पाँचवटै प्रतिवेदनमा सामुहिक रुपमा आ आफ्ना धारणा राखेका थिए।

महासमिति बैठकमा देशभरमा महासमिती सदस्य,तोकिएका प्रतिनिधीहरु, विदेशस्थित पार्टीका जनसम्पर्क समितीका प्रतिनिधीहरु गरी दुई हजार भन्दा बढी महासमिति सदस्य सहभागी भएका छन्।

बैठकको पहिलो दिन फागुन ७ गते ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, कांग्रेसको नीतिगत प्रतिबद्धता’ नाराका साथ बैठकको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%३%

प्रतिक्रिया दिनुहोस