आज:  | Tue, 30, Apr, 2024

सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने नुवाकोट शिवपुरीका एकजना पक्राउ

११ फाल्गुन २०८०, शुक्रबार ०७:५८ मा प्रकाशित ( २ महिना अघि) ३३९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ११ फागुन।

सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने नुवाकोट शिवपुरी शिवपुरी गाउँपालिका–४का २७ वर्षीय किरण थापा रहेका छन् । सामाजिक संन्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा नुवाकोट घर भएका थापालाई प्रहरीले पक्राउ गरेको हो ।

ती महिलासँग अभियुक्तले राम्रो सम्बन्ध रहेका बेला अन्तरङ्ग तस्बिर र भिडियो खिचेर राखेका रहेछन् । पछी निज महिला सँगको सम्बन्धमा खटपट आएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई फोटो र भिडियो पठाएर चरित्रहत्या गरेको केन्द्रीय प्रहरी समाचार स्रोतले जनाएको छ ।

सो सम्वन्धमा पिडितका पक्षबाट उजुरी परेपछी प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि निजलाई गोङ्गबुबाट प्रहरीले पक्राउ गरिएको हो ।

यसैगरी सर्लाहीको नयाँ रोडस्थितबाट एक क्विन्टल गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोटरको डिकीमा गाँजा लिएर बरहथवा तर्फ जाँदै गरेको अबस्थामा नवलपरासीको गैँडाकोट बस्ने सूर्य परियारलाई प्रहरीले पक्राउ गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस