आज:  | Mon, 20, May, 2024

आज बस्ने संसदका दुबै सदनको बैठक र छलफलका सम्भावित कार्यसूची

१४ फाल्गुन २०८०, सोमबार ०७:५८ मा प्रकाशित ( २ महिना अघि) १४० पाठक संख्या
नारी बाटिका


काठमाडौं १४ फागुन।

आज संसदका दुबै सदनको बैठक बस्दैछ भने छलफलका लागी कार्यसूची समेत तयार गरेको छ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक शोमबार बस्ने भएको छ । आज बस्ने दुबै बैठक बिहान ११ बजेदेखी सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रहरूको व्यहोरा पढेर सुनाउने शोमबारको सम्भावित कार्यसूची छ ।

यस्तै बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने र ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची रहेको छ ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्टियसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर जानकारी गराउनु हुनेछ । यसैगरी विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रगती प्रतिवेदन, २०७९÷०८० सभा समक्ष पेस गर्ने कार्यसूची तय भएको छ ।

यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती)ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ पेस गर्ने, कार्यसूची रहेको जनाइएको छ ।

साथै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बैठकमा ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८१।०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यूची रहेको संसद् सचिवालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस