
नारी बाटिका

धादिङ,१४ फागुन ।
धादिङको बेनिघाट रोराङमा लगाइएको अवैध अफिम खेती नष्ट गरिएको छ । नेपालको कानुनले बर्जित गरिएको अफिम खेती गरेको पाइएपछी जिल्ला प्रहरी कार्यलय धादिङबाट खटिएका सयुक्त टोलिले फडानी गरेका थिए ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १ बासखर्क‚ सिमटार‚ जरुङ‚ सुन्दरनागी‚थामभञ्ज्याङ‚ लामाटार‚ ब्रुम्दी लगायतका किसानीहरुले अटेर गरी खेती लगाईएपछी प्रहरीले नष्ट गरेको हो ।

लागुऔषध संग सम्वन्धित रहेको गाँजा तथा अफिम खेति गर्न,बिक्री बितरण गर्न कानुन्ले बर्जित गरेको छ । सोही अनुसार नेपाल प्रहरी धादिङले अवैध रुपमा लागु औषध अफिमको व्याड‚ बेर्ना खेति फडानि तथा नष्ट गरेको हो ।

आइतबार जिल्ला प्रहरी कार्यालय धादिङ र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको ८५ जना प्रहरीको टोलिले अवैध लागु औषध अफिमको व्याड‚ बेर्ना खेति फडानि तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

तर धादिङ जिल्लाका दक्षिणी भेगमा यसअघि पनि यसैगरी प्रहरीले पटक पटक यस खेतीको फडानी तथा नष्ट गर्दै आएको भएता पनि उक्त क्षेत्रका किसानी तथा व्यपारीहरुले यस खेती गर्न छाडेका छैनन् ।









प्रतिक्रिया दिनुहोस