आज:  | Tue, 11, Feb, 2025

सरकारमा को हुन्छ ? र को हुँदैनर? भन्‍न सकिँदैन ; अध्यक्ष केपी शर्मा ओली

१८ फाल्गुन २०८०, शुक्रबार १७:२२ मा प्रकाशित ( ११ महिना अघि) १५१४ पटक पढिएको
नारी बाटिका


काठमाडौं १८ फागुन ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वको सरकारले मुलुक हाँकी रहेका बेला एमालेका अध्यक्ष केपी शर्मा वलीले सरकारमा को रहन्छ कस्ले छोड्नु पर्ने ? बताउनु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थिति अनुसार अब सरकारमा को रहन्छ ? र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताउनु भएको हो।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको शुक्रबार काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको सातौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्। उहाँले संसदमा पनि नभएको र पार्टी पनि नभएको व्यक्ति असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडिरहेको पनि बताउनु भयो ।

उहाँले संसदमा नभएको व्यक्तिलाई प्रधानमन्त्री बन्न मिल्ने प्रावधान संविधानमा नरहेको पनि बताउनु भएको छ । यस्तै राष्ट्रिय पार्टी नबनेको पार्टीको मानिस प्रधानमन्त्री बन्छु भन्दै हिँडेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालप्रति व्यंग्य गर्नु भयो। नेकपा एमाले जिम्मेवारी र इतिहास बोकेको पार्टी भएको बताउँदै देश बनाउने भिजन बोकेको संस्था रहेको बताउनु भयो ।

साथै अध्यक्ष ओलीले कोभिड १९ का कारण देशको अर्थतन्त्र उधोगतिमा नझरेको समेत बताउनु भएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%३%

प्रतिक्रिया दिनुहोस