आज:  | Mon, 29, Apr, 2024

मौसम सम्वन्धि जानकारी :आज वर्षा र हिमपातको सम्भावना

१९ फाल्गुन २०८०, शनिबार ०८:०५ मा प्रकाशित ( १ महिना अघि) १९२ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

काठमाडौँ१९ फागुन ।

मौसम सम्वन्धि जानकारी ः आज वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका केही पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

यस्तै बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका‘अनुसार शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, हुनेछ ।

लुम्बिनी प्रदेशका केही स्थानमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ । आज राति देशभर साधारणतया बदली रहने छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै लुम्बिनी प्रदेश, बागमती प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस