आज:  | Sat, 27, Jul, 2024

चितवनको एकता शिशु निकेतनको होस्टेलमा शालीनको रहस्यमय मृत्यु बारे प्रहरीद्वारा विज्ञप्ती जारी

१९ फाल्गुन २०८०, शनिबार १९:१२ मा प्रकाशित ( ४ महिना अघि) ६३९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १८ फागुन ।

चितवनको एकता शिशु निकेतनको होस्टेलमा १३ वर्षे बालिका शालीनको रहस्यमय मृत्यु प्रकरण बारे आज प्रहरीद्वारा विज्ञप्ती प्रकाशित गरेको छ । चितवन प्रहरीद्वारा एक विज्ञेप्ती प्रकाशित गर्दै शालीनको मृत्युबारे अनुसन्धानमा प्रभाव पार्ने कुनै पनि विषय सम्प्रेषण नगर्न सो विज्ञेप्ती मार्फत अनुरोध गरेको हो ।

यही फागुन १२ गते राति चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनको होस्टेलमा सोही स्कुलको कक्षा ८ मा अध्ययनरत बालिका शालिनको उनी सुत्ने कोठामै रहस्यमय तरिकाले झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन् । बालिका शालीन पोखरेलको मृत्यु प्रकरणमा वैज्ञानिक तथ्यका आधारमा अनुसन्धान जारी रहेको चितवन प्रहरीले जनाएको छ।

यतिबेला उक्त घटनाको विषयलाई लिएर ञ्चारमाध्याम तथा सामाजिक सञ्जालमा फरकफरक धारणाहरु सार्वजनिक भइरहेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाउँदै चितवन प्रहरीले घटनाको अनुसन्धान प्रभावित हुने गरी कुनै पनि सामाग्रीहरु सम्प्रेषण नगर्न सबैमा अनुरोध गरेको हो ।

जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले आज एक सूचना जारी गरी वैज्ञानिक तथ्यका आधारमा वस्तुनिष्ठ अनुसन्धान जारी रहेको र वैज्ञानिक परीक्षणको रिपोर्ट हालसम्म प्राप्त नभइसकेको अवस्थामा अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न अनुरोध गरेका हुन्।

फागुन १२ गते उक्त घटना भएको थियो । उक्त घटनापछी बालिकाका परिवारकातर्फबाट बलात्कारपछि हत्या भएको आरोपमा किटानी जाहेरी समेत दिएका छन्। सो सम्वन्धमा सोधपुछ तथा अनुसन्धानको लागी प्रहरीले स्कुलका प्रिन्सिपल बालहरि देवकोटा सहित तीन जनालाई पक्राउ गरेको छ। स्कुल पक्षले भने आत्महत्या गरेको दावी गर्दै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%२%

प्रतिक्रिया दिनुहोस