आज:  | Thu, 09, May, 2024

चोट खाएको कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज सभापति देउवाको निवासमा बस्दै

२२ फाल्गुन २०८०, मंगलवार ०८:०४ मा प्रकाशित ( २ महिना अघि) ४१९ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

काठमाडौं २२ फागुन ।

आज कांग्रेसको कार्यसम्पादन समितिको बैठक सभापति देउवाको निवासमा बस्दैछ । पार्टी कार्यकर्ताहरुको निकै विरोधको सामनाका बाबाजुद माओवादीबिच समिकरण र विश्वासका साथ मित्रवत गरी निर्बाचनदेखी सरकारमा सहकार्य गर्दै आईरहेका नेपाली कांग्रेस र पार्टीका सभापती नेता शेरबहादुर देउवालाई धोका दिएपछी नेपाली काँग्रेस र पार्टी सभापती देउवालाई ठुलै धक्का लागेको छ ।

सबैभन्दा प्रतिनिधीसभाको ठुलो दल काँग्रेसलाई धोका मात्रै नभई प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिगमनवादीलाई लात्तिले हानेर फालिदिने प्रतिकृया समेत दिनु भएको छ । शोमबार एकाएक प्रभानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ठुलै धोका दिएपछी आज काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागिएको हो ।

मंगलबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ३ बजेका लागि बैठक बोलाइएको छ। यस बैठक हिजै सोमबार बिहानका लागि बोलाएको पदाधिकारी बैठकको तय भएतापनि एकाएक मुलुकमा राजनीतिक ‘उथलपुथल’ भएको कारणले बस्न सकेको थिएन।

शोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीसंग सत्ता समिकरण गरी नयाँ गठबन्धन बनाएपछि कांग्रेस झसंगै भस्किएका मात्रै थिएनन् काँग्रेस सहितको अन्य गठबन्धन समेत टुटेको थियो ।

यस बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले प्रधानमन्त्री दाहालबाट धोका भएको बताउनु भएको थियो । सत्ताबाट बाहिरिएसँगै उहाँले कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको हो।

आज बस्ने बैठकमा पार्टीले माओवादीबाट पाएको गहिरो चोट र एकाएक सत्ताबाट बाहिरिएपछिको विशेष परिस्थितिबारे छलफल हुने बताइएको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिनु भयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस