आज:  | Tue, 30, Apr, 2024

नेपालमा चल्ने सामाजिक सञ्जाल मध्यको भाइबर पहिलो पटक विधिवतमा सूचीकृत 

१ चैत्र २०८०, बिहीबार ०८:१० मा प्रकाशित ( १ महिना अघि) १९२ पाठक संख्या
नारी बाटिका


काठमाडौं १ चैत

नेपालमा चल्ने विभिन्न सामाजिक सञ्जाल मध्यको भाइबर पहिलो पटक विधिवत रुपमा सूचीकृत भएको छ । विना पैसा सुरक्षित र भरपर्दो रुपमा चलाउन मिल्ने फोन,भिडियो कल तथा म्यासेजिङ अनलाइनमा आधारित सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा पहिलो पटक सूचीकृत भएको हो।

कात्तिक महिनादेखि नेपाल सरकारले कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा भएको व्यवस्था बमोजिम फागुन २४ गते भाइबर सूचीकृत भएको सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गतको सामाजिक सञ्जाल व्यवस्थापन एकाइ शाखाले जानकारी दिएको छ ।

पछिल्लो समयमा सामाजिक संन्जालका विभिन्न माध्यमहरु प्रयोग गरी ठगी,मानब तस्कर,लुट, महिला बालबालिकालाई हिसा लगायतका घटनाहरु घटाउने गरेको तथ्य बाहिर आएको थियो । सामाजिक संन्जालकै माध्यबाट केही राम्रा र प्रतिभाहरुलाई सहयोग पुर्याएको भएतापनि अधिकाँश जस्ता सामाजिक संन्जालमा मनलाग्दी छाडा र उच्छ्रिन्कल शब्द तथा भिडियोहरु पोष्ट गर्ने गरिएकोले नेपाली समाजमा नराम्रो अशर पारेको थियो ।

यस सम्वन्धि नागरिकबाट गुनासोसंगै चिन्ता आउन लागेपछि सरकारले रोक लगाई पछी तय भएको“निर्देशिकामा उल्लिखित सबै प्रक्रिया पूरा गरेर भाइबर सूचीकृत भएको हो,।

भाइबर कम्पनीले नेपालमा तोकेको सम्पर्क व्यक्ति मन्त्रालयमा आएर सूचीकरणको प्रक्रिया पुरा गरेपछी भाइबर सूचीकरण भएसँगै नेपालमा अन्य सामाजिक सञ्जालहरु पनि सूचीकरणको प्रक्रियाले गति लिने शाखाको भनाइ छ। अहिले स्न्यापच्याट, लिङ्क्डइन जस्ता सामाजिक सञ्जाल पनि सूचीकरणको प्रक्रियामा रहेको जनाइएको छ।

हालै नेपालमा सूचीकरण भएको उक्त भाइबर सन् २०१० मा इजरायलमा स्थापना भई साइप्रसमा दर्ता भएको कम्पनी हो। पछि सन् २०१४ माजापानी कम्पनी राकुटेनले खरिद गरेर राकुटेन भाइबरका रूपमा सञ्चालन भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%३%

प्रतिक्रिया दिनुहोस