आज:  | Thu, 16, Jan, 2025

इलाम२ को उपनिर्वाचनमा एमालेले सुवास नेम्वाङको छोरालाई उम्मेदवार बनाउने

१२ चैत्र २०८०, सोमबार १०:३४ मा प्रकाशित ( ९ महिना अघि) १३२९ पटक पढिएको
नारी बाटिका


काठमाडौं १२ चैत।

इलामको क्षेत्र नं.२ को उपनिर्वाचनमा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने तयारी गरेको छ । केही समयअघि नेता सुवास नेम्वाङको हृदयघातका कारण मृत्यु भएपछी इलाम क्षेत्र नम्बर २ मा हुन गैरहेको प्रतिनिधि सभा उपनिर्वाचनमा उहाँका छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

नेकपा एमालेको आईतबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उक्त निर्वाचन क्षेत्रको उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको जनाएको छ । एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचनन क्षेत्र खाली रहेको छ ।

पार्टीभित्र र बाहिर पनि लोकप्रिय मानिएका नेता नेम्वाङको निधनपछी सोही क्षेत्रका जनताको मतलाई संन्चय गर्नका लागी एमालेले उहाँका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कानून व्यवसायी रुपमा काम गर्दै आएका सुहाङले यसअघि नै निर्वाचनका लागि आफ्नो गतिविधिलाई अघि बढाइ सकेका थिए ।

यस्तै बैठकले बझाङ प्रदेश १ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दुवै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टी पंक्तिलाई जुट्न र अन्य दलहरुको पनि सहयोगका लागि बैठकले अपिल गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनु भयो ।

ज्ञवालीले भन्नु भयो यो बैठकले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट पार्टीको तर्फबाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस बाहेक बैठकले अस्ती मात्रै मस्को बाहिरको एउटा कन्सर्टमा भएको आतंककारी हमलामा १३० जना भन्दा बढि निर्दोष नागरिकहरुको ज्यान गएको छ । त्यसको निन्दा र भत्सर्ना गरेको छ ।

यस्तै सोही बैठकमा एमालेले ऐन महरलाई पार्टी केन्द्रिय सदस्यमा मनोनित पनि गरेको छ । उनले पार्टीमा सक्रिय भएर इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएकाले पुन केन्द्रिय सदस्यमा मनोनित गर्ने निर्णय गरिएको पनि ज्ञवालीले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस