आज: २०८३ बैशाख २१, सोमबार | Mon, 04, May, 2026

अमेरिकाको बाल्टिमोर पुलमा पानीजहाज दुर्घटना हुदा २० भन्दा बढी व्यक्ति फसेको हुन सक्ने

२०८० चैत्र १३, मंगलबार मा प्रकाशित ( २ साल अघि) १२७३७ पटक पढिएको
नारी बाटिका


नेपाली मिती ः १३ चैत ।

अमेरिकाको बाल्टिमोर सहरको पुलमा पानीजहाज दुर्घटना हुदा २० भन्दा बढी व्यक्तिहरु फसेको हुन सक्ने अनुमान गरिएको छ । बाल्टिमोर सहरको फ्रान्सिस स्कट कि ब्रिज (पुल)मा जहाज ठोक्किएपछि पुल भत्किएको र उक्त दुर्घटनामा परी कम्तीमा २० जना पानीभित्रै फसेको मेरिल्याण्ड यातायात प्राधिकरणले जनाएको छ।

मङ्गलबार दुर्घटनामा परेको पानीजहाजको ठक्करबाट ‘आई–६९५ कि ब्रिज’ मा आंशिक क्षति पुगेको प्राधिकरणले सामाजिक सञ्जाल एक्समा अन्तरराज्य राजमार्ग प्रशासनलाई उद्धृत गरी सार्वजनिक गरेको पोस्टमा उल्लेख गरिएको छ। प्राधिकरणले भिडियो मार्फत सवारी चालकहरूलाई पटाप्सको नदीको पुल प्रयोग नगर्न निर्देशन दिएको छ।

दुर्घटनापछी प्राधिकरणले पुलमा क्षति पुगेको कारण पुलको दुवै तर्फका सडकहरु बन्द गरिएको जनाएको हो। ​बाल्टिमोर प्रहरी विभागका प्रहरी प्रवक्ताले एनबिसी न्यूजलाई दुर्घटनामा परेका मानिसहरू नदीमा रहेको हुन सक्ने बताएका थिए । स्थानीय अधिकारीका अनुसार दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेका हुनसक्ने अनुमान गरेका छन्।

बाल्टिमोर सिटी प्रहरीलार्ई मङ्गलबार बिहानै जहाजको ठक्करका कारण करिब १ः३५ मा पुल भत्किएको सूचना आएको बाल्टिमोर प्रहरीका निकी फिनोयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ।

पानीजहाजहरूको अनुगमनबारे जानकारी दिने वेबसाइट ‘मरिन ट्राफिक’ प्रहरीले मङ्गलबार बिहान डाली नामक सिङ्गापुरको ध्वजा बहाक कन्टेनर दुर्घटनाग्रस्त पुलमुनि रोकिएको देखाएको थियो । घटनावछी उद्धारकर्मी खटाइएको बताएका छन् । यसैगरी प्रभावितहरूको जीवन रक्षाका लागि प्रार्थना गरिदिन ओल्सेव्स्कीले सामाजिक सञ्जाल एक्समार्फत आह्वान गरेका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस