
नारी बाटिका
काठमाडौं २३ चैत ।
आज बागमती सहित चार प्रदेशमा पानी पर्ने सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले शुक्रबार सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू(भागमा मौसम आंशिक बदली तथा मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका पहाडी भू(भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थान र कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस