
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -९ चैत ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले पदबाट दिनु भएको राजीनामा अस्वीकृत गरेको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले आफ्नो पार्टीले हार बेहोरेपछी उहाँ नैतिकताको आधारमा उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिनु भएको थियो । आईबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले थापाको राजीनामालाई सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो ।
नेपाली काँग्रसको विधानसंवत पार्टीको नियमित अधिवेशन तोकिएको समयमा नभएर पटक पटक समय तालिका सारिएको अवस्थामा थापाको नेतृत्वमा गत पुसमा भएको विशेष महाधिवेशनबाट उहाँ पार्टी सभापति बन्नु भएको थियो । त्यसको २ महिनापछी देशमा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ३८ सिट मात्रै जितेको छ ।








प्रतिक्रिया दिनुहोस