आज:  | Tue, 30, Apr, 2024

कांग्रेस एक्लैले बहुमत ल्याउनका लागी मिहिनेत गर्न कार्यकर्तालाई सभापती देउवाको अनुरोध

२४ चैत्र २०८०, शनिबार १९:३२ मा प्रकाशित ( ३ हफ्ता अघि) २७५ पाठक संख्या
नारी बाटिका


काठमाडौं २४ चैत।

ईलाम २ र बझाङमा हुने उपनिर्बाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउनका लागी मिहिनेत गर्न सभापती देउवाले अनुरोध गर्नु भएको छ । विगतमा नेकपा माओवादीसंग गठवन्धन गरी चुनाव लडेर माओवादी कै नेतृत्वमा सरकार संन्चालन गर्ने क्रममा अचानक प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) बाट धोका खाएका देउवा पछिल्लो समयमा अप्ठ्यारोमा परेपछी आगमी वैषाख १५ गते हुन गैरहेको उपनिर्बाचनमा शिर्ष राजनितिक दलहरु एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका हुनु ।

जस अनुसार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी मिहिनेत गर्न नेता तथा कार्यकतालाई निर्देशन दिनु भएको छ ।

शनिबार भएको काठमाडौं–२ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्नु हुंदै उहाँले कांग्रेसलाई एक्लै जित्न सक्ने र बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य भएको बताउनु भएको हो। एक भएर हामी सबै साथीहरु लाग्दै बहुमत ल्याउनका लागि प्रयास मात्रै होइन, कम्मर कसेर पूरा गर्नका लागि हार्दिक अनुरोध गर्दछु’,उहाँले भन्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस