
नारी बाटिका
काठमाडौं १ वैशाख ।
आज मध्याह्नपछि देशका केही प्रदेशमा हुरीबतासको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम र मधेश बाहेक यी प्रदेशका केही पहाडी क्षेत्रमा शनिबार मध्याह्नपछि हुरीबतासको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि मध्याह्नपछि हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज यी भूभागका सबैलाई सचेत रहन समेत आग्रह गरेको छ। कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ। महाशाखाका अनुसार दिउँसो अधिकतम तापक्रम ३० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।








प्रतिक्रिया दिनुहोस