
नारी बाटिका
काठमाडौँ २ वैशाख ।
सहकारी ठगीमा फरार भएका जीवी राई सहित २८ जनालाई प्रतिवादी बनाई प्रहरीले राय सहित प्रतिवेदन बुझाएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा २८ जनालाई प्रतिवादी बनाउनु पर्ने राय सहित प्रहरीले प्रतिवेदन बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरीका अनुसार १ अर्ब २ करोड हिनामिना भएको पुष्टी गर्दै सोही अनुसारको बिगो मागदाबी गर्नु पर्ने राय सहित फाइल बुझाइएको हो । शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
प्रहरीको प्रतिवेदनमा जीवी (गितेन्द्रबाबु) राई सहित २८ जनालाई प्रतिवादी बनाउनु पर्ने उल्लेख गरिएको छ । यस्तै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा सहकारीका कोषाध्यक्ष दिपेश पुन, सुप्रिम सहकारीका अध्यक्ष ओमप्रसाद गुरुङ, दुर्गा चापागाईँ, दीपक न्यौपाने, नीता थापामगर, रोशनी गुरुङ, सागर केसी लगायत २८ जनालाई प्रतिवादी बनाइएको छ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा ठगी गरेको भन्दै १ हजार ८३१ जनाले प्रहरीमा जाहेरी दिएका छन् । प्रतिवादी बनाइएका मध्ये जीवी राई सहित पाँच जना फरार भएका छन् ।








प्रतिक्रिया दिनुहोस