
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ ४ वैशाख ।
धादिङको निलकण्ठ नगरपालिका ५ खाल्टेमा भएको ट्रक दुर्घटनामा परी थप २ जनाको मृत्यु, भएको छ । यससंगै सो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । आईतबार मल बोकेर बारीमा लैजादै गर्दा मल बोकेको ट्रक दुर्घटना भएको थियो ।
दुर्घटनामा एकजना १० वर्षिया बालक सन्तोष रम्तेलको घटनास्थलमै मृत्यु भएको हो । यस्तै सोही दुर्घटनामा घाईते भई ट्रमा सेन्टरमा उपचारको लागी पठाईएका सन्तोष रम्तेलका बुवा राम रम्तेलको पनि सोही दिन बेलुकी मृत्यु भएको थियो ।
उक्त दुर्घटनामा थप २ जनाको उपचारको क्रममा मृत्यु भएका मध्य १२ बर्षिय प्रितम मजकोटीको के.एम.सी. अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
आईतबार बिहान करिब ९ बजेतिर निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट मल बोकेर पतेनी बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा उक्त दुर्घटना भई ट्रक सडकबाट करिव ९० मिटर तल खसेको छ।
दुर्घटनामा घाइते भएका ८ जनाको उद्धार गरेर धादिङ अस्पतालमा सामान्य उपचारपटी थप उपचारको लागी ट्रमा सेन्टर काठमाडौं लगिएको थियो । उक्त दुर्घटनामा एकै परिवारका ५ जना परेका छन् भने हाल घाईते भएका ८ जनामध्य थप २ जनाको मृत्यु भई बाँकी ६ जनाको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।








प्रतिक्रिया दिनुहोस