आज:  | Wed, 01, May, 2024

भिजिट भिजामा युएई रोजगारीमा गएका एक नेपालीको बाढीमा परी मृत्यु

६ बैशाख २०८१, बिहीबार १८:३९ मा प्रकाशित ( १ हफ्ता अघि) २०७ पाठक संख्या
नारी बाटिका


काठमाडौं ६वैशाख।

युनाईटेड अरब इमिरेट्स(युएई)मा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबी स्थित नेपाली दुतावासका अनुसार(युएई) मा आएको बाढीमा परी भरतपुर घर भएका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।

पुनको युएई शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक बाढीमा परी उनको निधन भएको थियो। उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको युएई स्थित नेपाली दुतावासले जनाएको छ ।

युएईको सो क्षेत्रमा दुई दिन देखी परेको अविरल बर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दुतावासले जानकारी दिएको छ । सरकारी कार्यलय बन्द भएका कारण मृतकको बिषयमा थप जानकारी लिन नसकिएको दुतावासले जनाएको छ । । दुतावासका अनुसार पुन भिजिट भिसामा युएई गएका बताईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस