आज:  | Tue, 07, May, 2024

मुलुकभरका आगलागी पीडितलाई तत्काल राहत दिन काँग्रेसको माग

१४ बैशाख २०८१, शुक्रबार १९:३६ मा प्रकाशित ( १ हफ्ता अघि) १३८ पाठक संख्या
नारी बाटिका


काठमाडौँ -१४ वैशाख।

पछिल्लो समयमा देशका विभिन्न भागमा भिषण आगलागीका घटनाहरु भैरहेका छन् । आगलागीबाट धनजनको क्षति भएकाहरुलाई तत्काल राहत उपलव्ध गराउन नेपाली काँग्रेसले सरकारसँग माग गरेको छ । शुक्रबार काँग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा पार्टी सभापति शेरबहादुर देउवाले आगलागी भएका क्षेत्रहरूमा तत्काल आगलागी नियन्त्रण गर्न प्रभावकारी उपायहरू अवलम्बन गर्न सरकारसँग जोडदार माग गर्नु भएको हो।

यस्तै जिल्लाका नेपाली काँग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहमा एक आपसमा समन्वय गरी सम्पूर्ण साङ्गठनिक संरचनाका साथीहरूलाई परिचालन गरी आगलागी प्रभावितहरुलाई उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनको कार्यमा जुट्न सभापती देउवाले निर्देशन दिनु भएको छ ।

यस्तै यसै सातामा मात्रै भिषण रुपमा महोत्तरी, खोटाङ, बाग्लुङ, पर्वत, गुल्मी, डोल्पा लगायतका जिल्लाहरूमा घर तथा वनमा आगलागीका कारण केही व्यक्तिको मृत्यु, सयौँ व्यक्ति घाइते, सयौँ चौपायाको मृत्यु, घर, खाद्यान्न, लत्ता कपडा लगायतका भौतिक सम्पत्ति पूर्ण रूपले जलेर नष्ट तथा क्षति भएको घटनाप्रति सभापति देउवाले दुःख व्यक्त गर्नु हुंदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस