आज:  | Fri, 17, May, 2024

बझाङ प्रदेशसभा १ मा पनि एमाले कै झिनो मतले अग्रता

१८ बैशाख २०८१, मंगलवार १२:२६ मा प्रकाशित ( २ हफ्ता अघि) १४५ पाठक संख्या
नारी बाटिका


बझाङ -१८ वैशाख ।

बझाङको प्रदेशसभा १ उपनिर्बाचनमा पनि एमाले कै अग्रता रहेको छ । उक्त क्षेत्रमा शनिबार सम्पन्न उपनिर्बाचनमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले पुनः झिनो मतले अग्रता लिई रहेका छन्।

यस हिसावले बझाङको प्रदेशसभा १ मा एमाले र काँग्रेसको कडा प्रतिष्पर्दा रहेको देखिन्छ ।

भण्डारीले ९ हजार ८८९ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले ९ हजार ८८० मत प्राप्त गरेका छन् पछिल्लो जानकारी अनुसार भण्डारीले ९ मतले अगाडी छन्।

यसैगरी माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ६६३ मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४०५ मत प्राप्त गरेका छन्।

बझाङमा अब दुई पालिका तल्कोट र साइपालको मात्र मत गणना हुन बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस