आज: २०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस

२०८१ बैशाख २०, बिहिबार मा प्रकाशित ( १ साल अघि) ११०३३ पटक पढिएको
नारी बाटिका


बिबियु

नारी बाटिका संवाददाता

काठमाडौं- २० वैशाख ।

आज मे २ तारिख हो । हरेक वषर््ा आजको दिनलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस रुपमा विपभन्न कार्यक्रमका गरी मनाइँदैछ। नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास संघसंगै पछिल्लो समयमा अन्तर्राष्ट्रियस्तरमै सुचना र प्रविधिको विकासले निकै गति लिएको छ ।

तरपनि सुचना प्रविधिको विकासलाई समयानुकल बनाउन र यसको प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईँदै आईरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। यसै समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संन्चारमा कार्यरत संघसंस्थामध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।

नेपाल सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको माध्यमबाट समृद्धिको आधार तयार गर्न सकिन्छ भन्ने विश्वासका साथ सरकार यो क्षेत्रको समयानुकुल विकास गर्न विशेष प्राथमिकताका साथ अघि बढेको लागिपरेको बताउनु हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस