आज:  | Fri, 17, May, 2024

नागरिकका समस्या समाधानका लागि कर्मचारीतन्त्र बाधक : ओली

२० बैशाख २०८१, बिहीबार २०:०९ मा प्रकाशित ( २ हफ्ता अघि) १६१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २० वैशाख।

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्वासी बस्तीमा डोजर चलाउने काम बन्द गर्न आग्रह गर्नु भएको छ । उहाँले सुकुम्वासी समस्या समाधान गर्नका लागि तीनै तहको सरकार उत्तरदायी हुनुपर्ने बताउनु भएको छ । बिहीबार महिला सशक्तीकरण, सांस्कृतिक तथा व्यापार महोत्सवलाई सम्बोधन गर्नु हुदै अध्यक्ष ओलीले भत्काउने नभई बनाउने अभियान चलाउनु पर्ने बताउनु भयो ।

उहाँले ‘सुकुम्वासी बस्तीमा हामीले डोजर देखाएर आतङ्क फैलाइरहेका छौँ । डोजर चलाउन बन्द गरेर उनीहरूको समस्या समाधान र व्यवस्थापन गर्न तिर लाग्न आवश्यक छ । सुकुम्वासी कहिल्यै पनि विकासका बाधक हुन सक्दैनन् । उनीहरूको उचित व्यवस्थापनका गर्न आवश्यक छ ।’अध्यक्ष ओलीले जनताका समस्या समाधानका लागि कर्मचारीतन्त्र बाधक भइरहेको उल्लेख गर्नु भएको छ ।

उहाँले भन्नु भयो ‘अहिले हामी सरकारमा आएका छौँ । तर विभिन्न वहानामा कर्मचारीतन्त्र बाधक बनिरहेका छन् । जनताका समस्याप्रति जिम्मेवार बन्न सुझाव दिन चाहन्छु । लोकतन्त्रमा जे पनि गर्न मिल्दैन । सुकुम्वासी समस्या व्यवस्थापन गर्नुपर्छ र समाधान गरेर जानुपर्छ ।’ आफू प्रधानमन्त्री हुँदा भोकमरीले कोही पनि मर्न नदिने कसम पनि खाएको उल्लेख गर्दै उहाँले सरकारले सबैभन्दा बढी जोड गरिबी निवारणमा दिएको र दिनुपर्ने बताउनु भयो ।

यस्तै उहाँले सरकारले सबभन्दा बढी जोड गरिबी निवारणमा दिनुपर्दछ । मैले प्रधानमन्त्री हुँदा भनेको थिए भोकमरीले कोही मर्दैनन् । अर्को पटक प्रधानमन्त्री हुँदा पनि गरिबी निवारणका लागि धेरै काम गरेको छु । सुकुम्वासीलाई व्यवस्थापन गर्नुपर्दछ । जहाँसुकै जाऊ भन्न मिल्दैन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस