
नारी बाटिका
काठमाडौं २५ वैशाख ।
हिजोबाट वागमती प्रदेशको केही जिल्लामा सुरु भएको वर्षा अहिले विहान सम्म हल्का रुपमा भैरहेको छ । यससंगै आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सोमबार मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहँदा बिहान पहाडी भागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया मौसम सफा रहेको छ।
यस्तै महाशाखाले जनाए अनसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी पहाडी भागका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको जनाएको छ। आज राति कोशी र मधेश प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भुभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी भूभागका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।








प्रतिक्रिया दिनुहोस