आज:  | Sun, 12, Jan, 2025

आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको

३० बैशाख २०८१, आईतवार ०७:५२ मा प्रकाशित ( ८ महिना अघि) १३४० पटक पढिएको
नारी बाटिका


काठमाडौँ -३० वैशाख ।

आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपासमा बनेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको कारण मौसममा फेर वदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले आज (आईबार)गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक(दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको रहेको जनाएको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ।

आज देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

यसैगरी भोलि पनि देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै तराई भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस