आज: २०८३ जेष्ठ ९, शनिबार | Sat, 23, May, 2026

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ६ जना पक्राउ

२०८१ जेष्ठ ६, आईतबार मा प्रकाशित ( २ साल अघि) १२८९० पटक पढिएको
नारी बाटिका


काठमाडौं ६ जेठ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी जवान युवराज घिमिरेको हत्या अभियोगमा छ जनालाई पक्राउ गरेको छ। परिसर काठमाडौंले आज अभियुक्तहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ।

उपत्यका प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका–१ का स्थायी बासिन्दा हुन् ।

प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो।

प्रहरी जवान घिमिरे ट्राफिक प्रहरी प्रभाग काठमाडौं दरबारमार्गमा केही सकयदेखी कार्यरत हुनुहुन्थ्यो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस