आज: २०८३ मंसिर ४, बिहिबार | Thu, 19, Nov, 2026

पूर्व मुख्य सचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

२०८३ मंसिर ४, बिहिबार मा प्रकाशित ( ५४ सेकेण्ड अघि) ० पाठक संख्या
नारी बाटिका


नारी वाटिका डट्कम
काठमाडौं- ३ मंसिर ।

पूर्व मुख्य सचिव एकनारायण अर्यालविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। पुर्व मुख्य सचिव अर्याललाई सीआईबीले अदालतबाट पक्राउको अनुमति लिएर पक्राउ गर्न खोजी गरिरहेको जनाएको छ।

उनीविरुद्ध मलेसिया जाने श्रमिकमाथि ठगी भएको भन्ने आरोप लागेपछि पुर्व सचिव अर्याललाई पक्राउ गर्न लागिएको प्रहरीको भनाई छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबिको टोलीले श्रमिकमाथि ठगी र गैरकानुनी रूपमा मलेसिया पठाउने कार्यमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्री र एक सचिवसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।

बुधबार सीआईबीले पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितलाई पक्राउ गरेको थियो। सोही प्रकरणमा मुख्य सचिव अर्यालमाथी पनि आरोप लागेपछी पक्राउको लागी प्रहरीले उनको खोजी गरी रहेको छ। काठमाडौं

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑