आज:  | Sat, 27, Jul, 2024

आज प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिँदै, कांग्रेसको अवरोध कायमै

७ जेष्ठ २०८१, सोमबार ०९:०० मा प्रकाशित ( २ महिना अघि) २४७ पाठक संख्या
नारी बाटिका


काठमाडौं ७ जेठ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत आज लिंदै हुनुहुन्छ। शोमबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा उहाँले विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ । यद्यपि कांग्रेसको अवरोधका कारण प्रधानमन्त्रीले विश्वासको मत लिने कार्य प्रभावित हुने देखिएको छ।

पार्टी विभाजनका कारण जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछी प्रधानमन्त्रीले पुनःविश्वासको मत लिनुपर्ने अबस्था सिर्जना भएको हो । जसपा नेपालमा आन्त्रिक विवादको अवस्था आई पार्टी समेत भएसंगै गत वैशाख ३१ मा सरकारबाट बाहिरिएको थियो ।

हालको व्यवस्था अनुसार सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। संविधानको धारा १०० को उपधारा ९२) को व्यवस्था अनुसार प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्रीले यसै कार्यकालमा मात्रै चौथो पटक विश्वासको मत लिंदै हुनुहुन्छ ।

यस विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बिहान १० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । कांग्रेसको अवरोधका कारण प्रधानमन्त्रीले विश्वासको मत लिने कार्य प्रभावित हुने संभावना पनि देखिएको छ। ‘गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम हिनामिना’ प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध जारी राख्ने कांग्रेसले बताएको छ।

साथै आज(सोमबार तय भएको बैठकअघि नै छानबिन समिति गठन नगरे अवरोध पुर्‍याउने महामन्त्री गगन थापाले चेतावनी समेत दिएका छन्। यता जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका सात सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर पनि गरेका छन्।

उक्त रिटमा जसपाका अध्यक्ष अशोक राईसहित सात सांसदलाई प्रधानमन्त्रीले विश्वासको मत लिँदा मतदानमा रोक लगाउन र अन्य संसदीय गतिविधिमा रोक लगाउन माग गरिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस