आज:  | Sat, 27, Jul, 2024

धादिङका प्रमुख जिल्ला अधिकारी (सिडियो) बद्रीनाथ गैह्रेको सरुवा

७ जेष्ठ २०८१, सोमबार १९:०३ मा प्रकाशित ( २ महिना अघि) २४० पाठक संख्या
नारी बाटिका



धादिङ ७ जेठ।

धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको कर्णाली प्रदेशमा सरुवा भएको छ । उहाँ करिब १ बर्ष अगाडी धादिङ जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएको थियो । गैह्रेले धादिङमा रहँदा प्रमुख जिल्ला अधिकारीको भुमिका कुशलता पूर्वक निर्वाह गरी सबैको मनमुटुमा बस्न सफल सिडियोका रुपमा परिचित भई सरुवा हुनु भएको हो ।

जिल्लाका सरोकारवालाहरुले गैह्रेको नेतृत्वमा भएका कार्य अनुकरणीय रहेको बताएका छन्। उहाँदे धादिङको सीमित स्रोत साधन र जनशक्तिकाबीच कर्मचारीलाई उत्प्रेरित गरि फरक ढंगले कार्य सम्पादन भएका कारण नै आज सबै क्षेत्रबाट सकारात्मक पृष्ठपोषण प्राप्त गर्न सफल भएको मनागरिकको भनाई छ ।

यस्तै उहाँको कुशल र सहयोगी नेतृत्वमा कर्मचारीले सँधै सहज महशुस मात्रै गरेनन् कार्यालयमा पनि पारिवारिक वातावरण बन्ने रहेछ भन्ने महशुस भयो । १ बर्षको अवधिमा कार्यसम्पादनमा हासिल गरेको प्रगति,नयाँ र सृजनशील कार्यहरू, पुराना थाँती रहेका कामको फर्छ्यौट,सबै सरोकारवालाहरूसँगको समन्वय वास्तवमै अतुलनीय र अरूका लागि अनुकरणीय रहने जिल्ला प्रशासन कार्यलयका कर्मचारी साथै नागरिकहरुले बताएका छन् ।

साथै धादिङका लागी हाललाई नयाँ प्रमख जिल्ला अधिकारी(सिडियो) नतोकीएकोले सहायक प्रमुख जिल्ला अधिकारीलाई निमित्त पमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेर जिल्लाको समग्र प्रशासनको नेतृत्व गरी रहनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस