आज:  | Sat, 27, Jul, 2024

नाबालिकालाई यौन धन्दामा लगाउने नुवाकोटकी एक महिला पक्राउ

१० जेष्ठ २०८१, बिहीबार १७:३२ मा प्रकाशित ( २ महिना अघि) २५० पाठक संख्या
नारी बाटिका


काठमाडौं १० जेठ ।

नाबालिकालाई यौन धन्दामा लगाउने नुवाकोटकी एक महिला पक्राउ परेकी छन् । पक्रउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका(५ घर भई काठमाडौं महानगरपालिका(१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्‍मी लामालाई प्रहरीले पक्राउ गरेको हो ।

निज लामाले नाबालिकालाई प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको गोप्य सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । लामालाई उपत्यकाको बबरमहलबाट खटिएको प्रहरीको अनुसन्धान व्यूरोले काठमाडौं महानगरपालिका(३२ नयाँ बानेश्‍वरबाट पक्राउ गरेको थियो । पीडित बालिकालाई प्रहरीले उद्दार पनि गरेको छ ।

जबरजस्ती नाबालिकालाई वेश्यावृत्तिमा लगाउन लामा उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी उक्त घटना सम्बन्धमा प्रहरी ब्युरोले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस