आज:  | Sat, 27, Jul, 2024

प्रतिनिधि सभा बैठक आज बस्दै,यस्ता छन् कार्यसूची सहित

११ जेष्ठ २०८१, शुक्रबार ०८:२९ मा प्रकाशित ( २ महिना अघि) १५४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ११ जेठ ।
सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । सुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । यस्तै आजको बैठकमा छलफल गर्न १० वटा कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ ।

जसमध्ये आज नीति तथा कार्यक्रम पारित गर्ने कार्यसुचि रहेको छ । सचिवालयले बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुनेछ । त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ र नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्न तथा सवालका बारेमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनु हुनेछ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रको ब्यहोरा पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले “लगानी सहजीकरण सम्बन्धी नेपाल ऐनलाई संशोधन तथा परिमार्जित गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने जस्ता विषयहरुमा आजको बैठक केन्द्रीत रहने कार्यसूचीमा उल्लेख गरिएको छ ।

तर गृहमन्त्री लामिछानेको नाम नै तोकेर सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको माग राखी संसद बैठक अवरुद्ध गर्दै आएको काँग्रेसले आफ्ना माग पूरा नभएसम्म संसद् बैठक चल्न नदिने जानकारी गराउँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस