आज: २०८३ भाद्र २९, सोमबार | Mon, 14, Sep, 2026

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए पदबाट राजीनामा

२०८३ श्रावण ९, शनिबार मा प्रकाशित ( १ महिना अघि) २७६० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम

धादिङ ९ साउन ।
भारतमा केही समयदेखी आन्दोलन गर्दै आएका कक्रो पार्टीका युवाहरुले गरेको चर्को विरोधका कारण भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।

निट (NEET) पेपर लिक विषयलाई लिएर शिक्षामन्त्रीविरुद्ध एक महिनादेखि दिल्लीको जन्तर–मन्तर तथा विभिन्न राज्यमा प्रदर्शन गर्दै आएका थिए।

विगत केही दिनदेखी झनै चर्किएको कक्रोच युवाहरुको आन्दोलनले उग्र रुप लिने अवस्था देखेपछी प्रधानमन्त्री मोदीले गएराति मध्यरातमा आन्दोलनरत युवाहरुलाई सान्तोना दिँदै युवाहरुको मागप्रति भारतीय सरकार सकारात्मक रहेको बताएका थिए ।

त्यसपछी भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आज सामाजिक सञ्जाल एक्समार्फत आफूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको जानकारी दिएका हुन्। उनले देशको एकता कायम राख्न, विद्यार्थीहरूको भविष्य कानूनी जटिलतामा नपरोस् र उनीहरू अध्ययन तथा करियर निर्माणमा केन्द्रित हुन सकून् भन्ने उद्देश्यले आफुले राजीनामा दिएको बताएका छन्।

निट पेपर लिक प्रकरणको विषयमा कांग्रेससहितका विपक्षी दलहरूले पनि नैतिक जिम्मेवारी लिँदै प्रधानको राजीनामा माग गर्दै आएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस