आज:  | Sat, 27, Jul, 2024

अवहेलना गरेको भन्दै बुढानीलकण्ठका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय

१३ जेष्ठ २०८१, आईतवार २०:०२ मा प्रकाशित ( २ महिना अघि) २९८ पाठक संख्या
नारी बाटिका


काठमाडौं १३ जेठ ।

काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय सुनाएको छ । अदालतले चलन चलाइदिनू भनेको जग्गा नगरपालिकाले आफ्नो कब्जामा राखिराखेकोले न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यसलाई अदालतको अवहेलना सम्वन्धि कसुरमा उक्त सजायँ सुनाएको छ ।

मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई समेत अदालतको अवहेलनामा १ महिना कैदको आदेश सुनाइएको हो ।

उनीहरूलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको अदालतको आदेशमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस