आज:  | Sat, 27, Jul, 2024

तराई भूभागमा अत्याधिक गर्मी तथा उच्च तापक्रमका कारण दुई दिन सावधानी अपनाउन सुझाव

१६ जेष्ठ २०८१, बुधबार ०८:१६ मा प्रकाशित ( १ महिना अघि) १६९ पाठक संख्या
नारी बाटिका


  1. काठमाडौं १६ जेठ ।

पछिल्लो समयमा अत्याधिक गर्मी तथा उच्च तापक्रमका कारण तराई भूभागमा दुई दिन सावधानी अपनाउन मौसम विभागले सुझाव दिएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा दुई दिनसम्म उच्च तापक्रम रहने भएकोले सो क्षेत्रमा बसोबास गर्ने समुदायलाई सजग रहन मौसम महाशाखाले सुझाव दिएकको हो।

आउने शुक्रवारसम्म उच्च तापक्रम सहित तातो हावा चल्ने हुँदा स्वास्थ्यमा समस्या आउने तथा जनजिवन अस्वेस्त हुने अवस्था आउन नदिन सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दामाथि मापन गरिएको छ।

तातो हावाको लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने र बान्ता आउने आदि हुन सक्ने भन्दै तातोबाट बच्न महाशाखाले सुझाव दिएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन,चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। आज राति पनि यस क्षेत्रमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै आज (बुधबार)साँझ काठमाडौंका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज काठमाडौंमा ३१ डिग्री सेल्सियससम्म तापक्रम पुग्नसक्ने अनुमान गरिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस