आज:  | Sat, 27, Jul, 2024

आज बिहानैदेखि बागमती र गण्डकी प्रदेशमा वर्षा

२५ जेष्ठ २०८१, शुक्रबार ०७:२० मा प्रकाशित ( १ महिना अघि) २११ पाठक संख्या
नारी बाटिका


काठमाडौं २५ जेठ ।

आज विहानैदेखी बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुक्रबार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

यस्तै आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागती र गण्डकी प्रदेशका केही तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेशका एकदुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै सुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोसी प्रदेशका केही र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस