
नारी बाटिका
काठमाडौं २५ जेठ ।
आज विहानैदेखी बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुक्रबार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।
यस्तै आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागती र गण्डकी प्रदेशका केही तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेशका एकदुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै सुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
कोसी प्रदेशका केही र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस